दफा २४
स्वास्थ्य परीक्षण गर्नु पर्ने
(१) पर्वतारोही दलले पर्वतारोहणको लागि प्रस्थान गर्नुभन्दा पहिले आफ्नोे दलका सदस्यहरू, सम्पर्क अधिकृत, सरकार, पर्वतीय पथ प्रदर्शक, उचाइमा जाने कामदार, आधार शिविरका कामदार तथा स्थानीय कामदारको स्वास्थ्य परीक्षण गराउनु पर्नेछ ।(२) उपदफा (१) बमोजिमको स्वास्थ्य परीक्षण गर्दा सन्तोषजनक अवस्थाको स्वास्थ्य नदेखिएको व्यक्तिलाई आफ्नोेसाथमा लैजानु हुँदैन ।